काठमाडौं, मंसिर ७ – ‘मिस इन्टरकन्टिनेन्टल नेपाल –२०१७’ को ताज वर्षा शर्माले पहिरिएकी छिन् । १७ जना प्रतिस्पर्धीलाई पछि पार्दै उनी पहिलो मिस इन्टरकन्टिनेन्टल नेपाल बन्न सफल भएकी हुन् । शर्मालाई पवि ज्वेलर्सले बनाएको ताज आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका नेशनल डाइरेक्टर पासाङ छेल्हामु शेर्पाले ताज पहिराइदिएकि हुन् ।
‘बर्षेनी १२००० भन्दा बढि बालबालिका नेपाल बाहिर बेचिन्छन्, यो कार्य रोकथाम गर्न के गर्नुपर्ला ?’ भन्ने प्रमुख निर्णायक डाक्टर छिरिङ्ग लामाको प्रश्नमा, ‘सर्वप्रथम बालबालिकाका अभिभावक शिक्षित हुन जरुरी छ । सरकारी नीति नियमको उचित पालना गर्नुपर्छ जसले गर्दा ती बालबालिका नेपालको आशा, विश्वास र उज्यालो ज्योति बनेर छर्न सकुन्’ भन्दै टप ५ प्रतिष्पर्धाबाट उत्कृष्ट जवाफ दिएर ‘मिस इन्टरकन्टिनेन्टल’ बन्न सफल भएकी शर्माले शीर्ष ताजसंगै मिस फोटोजेनिक र बेस्ट फिगरको उपाधि समेत चुमेकी हुन् ।

प्रतियोगितामा श्रीताज पाण्डे र एलिसा नेउपाने क्रमश: फस्ट रनरअप र सेकेन्ड रनरअप भए । उनीहरुले पनि क्रमश: ताजसहित विभिन्न गिफ्ट ह्याम्पर प्राप्त गरेका छन् । ‘पुर्व मिस नेपाल तथा सञ्चारकर्मी माल्भीका सुब्बाको कोरियोग्राफीमा सम्पन्न प्रतियोगिताको ग्राण्ड फिनालेमा मोडल तथा कलाकार सम्बृद्धि राई, एशियाज़ नेक्स टप मोडेल अनि किङ्गफिषरका सहभागी आस्था पोख्रेल, मिस ग्रान्ड इन्टरनेश्नल सहभागी श्रीजना रेग्मी ,फेसन डिजाइनर विजय गौतम, मिराज रिभरसाइड भिलेजक प्रबन्धक समीर सिंह क्षेत्री,डाक्टर निर्भाना थापा, निर्णायकमण्डलमा थिए ।
प्रतियोगितामा अन्य उपाधितर्फ स्विकृती खडकाले पब्लिक चोइज,मिस ट्यालेन्ट, एलिसा न्यौपानेले बेस्ट हेयर बेस्ट पर्सनालिटि, कुसुम बिष्टले बेस्ट स्कीन, लगायत अन्य प्रतियोगीहरुले पनि विविध उपाधि जित्न सफल भए ।
सन् १९७१ बाट सुरु भएको यो प्रतियोगीता यसपाली ४६ औं वर्षमा प्रबेश गरेको छ । नेपालमा पहिलो पटक आयोजित मिस इन्टरकन्टिनेन्टल नेपाल २०१७ मा नेपालका विभिन्न जिल्लाबाट १८ जना युवतीको सहभागिता छ । यो प्रतियोगिताको मुख्य ब्रान्ड भने पानामा सिटी छ, जसलाई नेपाल आधिकारिक रुपमा डिपास इन्टरनेसनलले ल्याएको हो ।

विजेता बर्षा शर्माले पहिलो पटक नेपालको प्रतिनिधित्व गर्दै जनवरी २०१८ मा इजिप्ट जानेछिन् । प्रतियोगिताले क्षमता, दक्षता, प्रतिभा, वाकशक्तिलाई अब्बल बनाउँदै अन्तरदेशीय सम्बन्ध, संस्कार, संस्कृतिका विषयमा ज्ञान दिलाउने आयोजक संस्था डिपासका अध्यक्ष एवं मिस इन्टरकन्टिनेन्टलका नेशनल डाइरेक्टर पासाङ छेल्हामु शेर्पाले जानकारी दिनुभयो ।
कार्यक्रमलाई पीआरभी इन्टरटेन्मेन्टले व्यवस्थापन गरेका थिए, आगामी दिनमा पनि नेपाली युवाहरुको क्षमतालाई प्रस्फुटन गराई अन्तरास्ट्रिय क्षेत्रमा चिनाउन प्रयासरत रहने उक्त कम्पनीका म्यानेजिङ्ग डाइरेक्टर रभी शाहीले बताए ।








 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    