सन्दीपलाई नेपाली क्रिकेटको चिन्ता


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, बैशाख १७, २०७६

  • काठमाडौं, १७ वैशाख । युवा क्रिकेटर सन्दीप लामिछानेले नेपाल क्रिकेट संघ ‘क्यान’को निलम्बन फुकवा नभएकोमा चिन्ता व्यक्त गरेका छन् ।

    हाल इन्डियन प्रिमिएर लिग ‘आईपीएल’ क्रिकेट खेलिरहेका सन्दीपले ट्वीटमार्फत तीन बर्ष हुँदासम्म क्यान निलम्बन फुकवा नभएकोमा दुख व्यक्त गरेका हुन् । सन्दीपले आगामी दिनमा नेपाली क्रिकेटको प्रगतिका लागि क्रिकेट खेलाडीहरुलाई त्यो प्रतिबद्धता र इमान्दारीता आवश्यक रहेको बताएका छन् ।

    उनले ट्वीटमा लेखेका छन्,‘मध्यराती मैले नेपाली क्रिकेटको बारेमा सोचें । दुखद कुरा यो छ तीन बर्षसम्म पनि हामी निलम्बनमा नै छौं । हामीलाई वास्तवमा त्यो प्रतिबद्धता र इमान्दारीताको आवश्यक छ । आगामी दिनमा नेपाली क्रिकेटको प्रगतिका बारेमा सोच्न जररुरी छ ।”

    सन्दीप नेपाली टोलीका महत्वपूर्ण सदस्य हुन् । उनी गत सिजनबाट आईपीएलमा आबद्ध छन् । गत सिजन दिल्लीबाट ३ खेलमा ५ विकेट लिएका सन्दीपले जारी सिजनमा ६ खेलमा ८ विकेट लिएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार