विश्वकप क्रिकेट गुमाउदै सन्दीप लामिछाने र पारस खड्का


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, बैशाख २३, २०७६

  • काठमाडौं, २३ वैशाख ।  सन् १९७५ मा इंग्ल्याण्डबाट सुरु भएको एक दिवसीय विश्वकपको ११ औं संस्करण सम्पन्न भईसकेको छ । सन् २०१५ को विश्वकप अगाडी २० देशले सहभागिता जनाउदै आएका थिए ।

    त्यसपछि आइसीसीले देशको सहभागि संख्या घटाएर १६ देशबीच मात्र खेलाउदै आएको थियो । सन् २०१९ को इंग्ल्याण्ड र वेल्समा आयोजना हुने विश्वकप जम्मा १० देशले मात्र प्रतिस्पर्धा गर्नेछन् ।

    अन्तराष्ट्रिय डिजिटल पत्रिका ’द नेसनल’ ले विश्वकपमा सहभागिता नजनाउने तर योग्य रहेका २० खेलाडीको सुची प्रकाशित गरेको छ । प्रकाशित गरिएको सुचिमा नेपालका दुई खेलाडी समेत परेका छन् ।

    यस्तो छ विश्वकपले गुमाउने खेलाडीको सुची :

    १. नेपालका सन्दीप लामिछाने

    २. भारतका ऋषव पन्त

    ३. युएईका मोहमद नाविद

    ४. आयरल्याण्डका केभिन ओब्राइन

    ५. इङ्ल्याण्डका एलेक्स हेल्स

    ६. स्कटल्याण्डका कलम म्याकलिओड

    ७. वेष्ट इण्डिजका किरण पोलार्ड

    ८. जिम्बाबेका ग्रेम क्रिमर

    ९. युएसएका अलि खान

    १०. भारतका सबनम गिल

    ११. पाकिस्तानका मोहमद आमिर

    १२. नेपालका पारस खड्का

    १३. वेष्ट इण्डिजका सुनिल नारायण

    १४. जिम्बाबेका सिकन्दर राजा

    १५. आयरल्याण्डका जोस लिटल

    १६. अस्ट्रेलियाका जस हेजरउड

    १७. स्कटल्याण्डका जर्ज मनसे

    १८. हङकङका अशुंमन रथ

    १९. ओमनका बिलाल खान

    २०. युएईका रमिज सहजाद

    सुचिमा समावेश सन्दीप लामिछाने यतिबेला इन्डियन प्रिमियर लिग क्रिकेट आइपीएलमा दिल्ली क्यापिटल्सबाट खेलिरहेका छन् । पारस भने घरेलु क्रिकेट प्रतियोगिता खेलिरहेका छन् ।

    हरेक विश्वकपको संस्करणमा देशको सहभागिता घट्दै आएपछि क्रिकेटमा आफुलाई उजागर गर्दै आएका देशले आईसीसीको आलोचना गर्ने गरेका छन् । क्रिकेटका महान हस्ती सचिन तेन्दुलकरले समेत विश्वकप खेल्ने देशको संख्यामा बृद्वि गर्नुपर्ने भन्दै सामाजिक सञ्जालबाट मुख खोलेका थिए ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार