फुटबल स्टार क्रिस्टियानो रोनाल्डोका उत्कृष्ट ५ हेड गोलहरु


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, बैशाख २६, २०७६

  • काठमाडौं, २६  वैशाख ।   पोर्चुगाली स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो विश्व फुटबल जगतका महान खेलाडी भनेर चिनिन्छन् । खेल समयमा उत्कृष्ट हेड गोलबाट सबैलाई लोभ्याउन सफल रोनाल्डोले उत्कृष्ट पेनाल्टी गोल पनि गरेका छन् ।
    सन् २०१८ मा स्पेनिस क्लब रियल मड्रिडबाट इटालियन क्लब युभेन्ट्स आएका रोनाल्डोले च्याम्पियन्स लिग र सिरिया ए मा उत्कृष्ट हेड गोल गरिसकेका छन् । रोनाल्डोले यो सिजन गरेका गोलहरुमध्ये च्याम्पियन्स लिग अन्तर्गत अन्तिम १६ को पहिलो लेगमा एट्लेटिको मड्रिडविरुद्ध गरेको हेड गोल यो सिजन अत्यधिक चर्चामा आयो ।

    रोनाल्डोले आफ्नो खेल जीवनमा थुप्रै हेड गोलहरु गरेका छन् । त्यो मध्य धेरै चर्चामा आएका उत्कृष्ट १० गोलहरु यस प्रकार छन्ः

    ५) विरुद्ध चेल्सी (च्याम्पियन्स लिग २००८):
    हेडरमा उत्कृष्ट रहेका रोनाल्डोले सन् २००८ को सिजनमा च्याम्पियन्स लिग अन्तर्गत चेल्सीविरुद्ध उत्कृष्ट हेड गोल गरेका थिए । रोनाल्डो उक्त सिजन म्यान्चेस्टर युनाइटेडविरुद्ध खेलिरहेका थिए ।
    रोनाल्डोले फाइनल खेलमा चेल्सीविरुद्ध उत्कृष्ट हेड गोल गरेका थिए । उत्त हेड गोल रोनाल्डोको खेल जीवनको उत्कृष्ट पाँच गोलमा छ । रोनाल्डोले खेलको २६ औँ मिनेटमा हेड गोल गरेका थिए । २००८ को सिजन युनाइटेडले च्याम्पियन्स लिग जितेको थियो ।

    ४) विरुद्ध सेभिया (ला लिगा २०१५):
    पूर्व रियल मड्रिडका स्टार खेलाडी रोनाल्डोले ला लिगाको ३५ औँ खेलमा सेभियाविरुद्ध उत्कृष्ट हेड गोल गरेका थिए । रोनाल्डोले खेलको ७० औँ मिनेटमा सेभियाविरुद्ध उत्कृष्ट हेड गोल गरेका थिए । उक्त सिजन रोनाल्डोले ला लिगामा ४८ गोल र १६ असिस्ट पनि गरेका थिए ।
    रोनाल्डोले राइड साइडबाट ग्यारेथ बेलले दिएको पासमा हेड गोल गरेका थिए ।

    ३) विरुद्ध बार्सिलोना (कोपा डेल रे २०११):
    स्पेनको प्रतिष्ठित कप हो कोपा डेल रे । कोपा डेल रेमा रोनाल्डोले खास्सै राम्रो रेकर्ड पनि बनाएका छैनन् । रोनाल्डोले २०११ को फाइनल खेलमा भने उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले इन्यूरि समयमा गोल गरेका थिए ।
    २०११ को सिजन रोनाल्डोले रियल मड्रिडलाई सोहि निर्णायक गोलले नै कप जितेको थियो ।

    २) विरुद्ध वेल्स (युरो कप २०१६):
    युरो कप २०१६ को सेमिफाइनल खेलमा पोर्चुगलका स्टार खेलाडी रोनाल्डोले उत्कृष्ट हेड गोल गरे । सेमिफाईनल खेलमा वेल्सलाई पोर्चुगलले २–० गोलले पराजित गरेको थियो । रोनाल्डोले खेलको ५० औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए । पोर्चुगलले उक्त सिजनमा युरो कप जितको थियो ।

    १) विरुद्ध म्यान्चेस्टर युनाइटेड (च्याम्पियन्स लिग २०१३):
    च्यान्चेष्टर युनाइटेडका पूर्व खेलाडी रोनाल्डोले सन् २०१३ मा आफ्नो पूर्व क्लबविरुद्ध गरेको हेड गोल उनको खेल जीवनको उत्कृष्ट गोलको रुपमा छ । उनले अन्तिम १६ को लेगको ३० औँ मिनेटमा उत्कृष्ट गोल गरेका थिए ।
    रोनाल्डो उक्त सिजन च्याम्पियन्स लिगका सर्वाधिक गोकर्ता पनि हुन् । उनले लिगमा १२ गोल गरेका थिए ।

    एजेन्सी ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार