आईपिएल : दिल्लीलाई ६ विकेटले पराजित गर्दै चेन्नई फाइनलमा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, बैशाख २८, २०७६

  • काठमाडौं, २८  वैशाख । दिल्ली क्यापिटल्सलाई ६ विकेटले पराजित गर्दै चेन्नई सुपर किङ्स इण्डियन प्रिमियर लिगको फाइनलमा पुगेको छ।

    शुक्रबार भएको खेलमा टस जितेर चेन्नईले पहिले बलिङ् गर्ने निर्णय गरेको थियो। चेन्नईले हालसम्म सात पटक आईपिएलको फाइनल खेलिसकेको छ जसमा ३ मा उसले जित हासिल गरेको छ। दिल्ली हालसम्म एकपटक पनि फाइनलमा पुगेको छैन।

    पहिले ब्याटिङ गरेको दिल्लीले नौ विकेटको कष्तिमा १४७ रन बनाएको थियो। जवाफी ब्याटिङ् गर्दै चेन्नईले १९.४ ओबरमा १५१ रन बनाएर सो लक्ष्य हासिल गर्यो। चेन्नईको जितमा फाफ डुप्लेसिसले ३९ बलमा ५० रन बनाएका थिए भने शेन वाटशनले ३२ बलमा ५० रन जोडेका थिए। उनीहरूले पहिलो विकेटका लागि ८१ रनको साझेदारी गर्दै टोलीलाई राम्रो सुरूवात दिलाएका थिए।

    चेन्नईको जितमा बलरहरूको योगदान पनि राम्रो रह्यो। ड्वेन ब्राभोले १९ रन खर्चदैं २ विकेट लिदां रविन्द्र जडेजाले २३ रनमा २ विकेट लिए भने दीपक चाहरले २८ रन खर्चदै २ विकेट लिए। यस्तै हरभजन सिंहले पनि ३१ रन दिदैं समान २ विकेट झारे।

    पहिले ब्याटिङ् गरेको दिल्लीका लागि २५ बलमा ऋषभ पन्तले सर्वाधिक ३८ रन जोडे। उनका अलावा कोलिन मुनरोले २४ बलमा २७ रन बनाए बनाए। उनीहरूका अलावा दिल्लीका अन्य ब्याट्सम्यानले २० रनको आँकडा पार गराउन सकेनन्। आइतबार चेन्नई र मुम्बईले फाइनल खेल्नेछन्।

    प्रतिक्रिया
    सम्बन्धित समाचार