बार्सिलोनामा पाँच सिजनलाई अनुबन्धित भएका डी जोङ भन्छन् आयाक्समा भन्दा राम्रो खेल्नेछु


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ ३, २०७६

  • काठमाडौं, जेठ ३ ।  स्पेनिस क्लब बार्सिलोनाले भर्खरैमात्र आयाक्सका मिडफिल्डर फ्रेन्किई डी जोङलाई क्लबमा अनुबन्ध गरेको छ । बार्सिलोनाले उनलाई आगामी पाँच सिजनका लागि क्लबमा अनुबन्धन गरेको हो ।

    २२ वर्षिय डी जोङ आयाक्समा रहँदा उत्कृष्ट प्रदर्शन गर्दै आइरहेका थिए । उनले आयाक्सका लागि हालसम्म ५७ खेलमा पाँच गोल गरिसकेका छन् । बार्सिलोनाले मिडफिल्डरको भूमिका निर्वाह गर्न उनलाई क्लबमा अनुबन्धन गरेको हो । यो सिजनको ला लिगाको उपाधि उचालिसकेको बार्सिलोनाले अब ला लिगाको एक खेल र कोपा डेल रेको फाइनल खेल खेल्न बाँकी छ ।

    बार्सिलोनाका प्रशिक्षक अर्नेष्टो भालभर्डेले उनलाई दुवै खेलमा मैदान उतार्न चाहे उनी बाँकी दुवै खेलमा सहभागी हुन सक्नेछन् । तर, बार्सिलोनामा उनको प्रदर्शन कस्तो रहला भन्ने आकलन गरिन थालेको छ ।

    बार्सिलोनाको अफिसियल साइटमा भने उनको लागि बार्सिलोनामा सबै सिजन सफल रहने बताइएको छ । डी जोङले भने आफ्नो खेल प्रदर्शन आयाक्स भन्दा धेरै उत्कृष्ट हुने बताएका छन् ।

    “विश्वकै ठूलो क्लबमा खेल खेल्ने मौका पाएको छु, यो अवसरलाई सदुपयोग गर्नेछु । मेरो प्रदर्शनबाट बार्सिलोना क्लब र सबै समर्थकलाई गर्व गर्न लायक बनाउने छु”, डी जोङले भने । नेदरल्याण्ड राष्ट्रिय टोलीका लागि पनि उनले सात खेल खेलिसकेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार