रोनाल्डोबिनाको रियल मड्रिड : सुखद् सुरुवात, दुखद् अन्त्य


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, जेष्ठ ६, २०७६

  • काठमाडौं, जेठ ६  ।  स्पेनिस पावर हाउस रियल मड्रिडका लागि ला लिगाको यस सिजनको अन्त्य पनि दुखद बनेको छ । आइतबार राति भएको अन्तिम खेलमा रियल बेटिससँग २–० को हारसहित रियल मड्रिडले यो सिजनको अन्त्य गरेको छ । घरेलु मैदानमै रियललाई स्तब्ध बनाउने क्रममा रियल बेटिसका लागि गार्सियाले ६१औं मिनेटमा गोल गरे भने ६८ औं मिनेटमा परिवर्तित खेलाडीकोरुपमा मैदान छिरेको जेसले ७५औं मिनेटमा अर्काे गाल गरी रियल मड्रिडलाई थप निराश बनाए ।

    स्टार खेलाडी क्रिस्टियानो रोनाल्डो बाहिरिएपछि यस सिजनमा रियल मड्रिडको प्रदर्शनमा उतारचढाब देखिएको छ । ला लिगाको सुरुवातमा उत्कृष्ट प्रदर्शन गरेको रियल मड्रिड बीचमा खस्किएको थियो । यसबीच प्रशिक्षक हटाउने, परिवर्तन गर्ने गतिविधि पनि जारी रह्यो। पूरानै प्रशिक्षक जिनेदिने जिदान फर्किए पछि केही खेलमा राम्रो नतिजा निकालेको रियल मड्रिडले पछिल्ला खेलमा कमजोर देखिएको छ।

    ला लिगामा पछिल्ला २ खेलमा लगातार हार व्यहोर्न बाध्य भयो । २१ जित, ५ मा बराबरी र १२ खेलमा हारकासाथ अंक तालिकाको तेस्रो स्थानमा रहँदै रियल मड्रिडले यस सिजनको अन्त्य गर्‍यो ।

    रोनाल्डो र प्रशिक्षक जिदानबिनाको रियल मड्रिडको यस सिजनको प्रदर्शन कमजोर हुने आँकलन गरिएको थियो।  सिजनको सुरुवातमा रियलले निरन्तर जित निकाली रियल रोनाल्डोबिना बलियो रहेको प्रमाणित गरेको थियो । सुरुका तीन खेलमा सानदार जित निकाल्दै रियलले उत्कृष्ट सुरुवात गरेको थियो । सानदार सुरुवात गरेको रियलको अन्त्य भने दुखद् बन्न पुग्यो । रियल यस सिजनमा उपाधिबिहीन हुने भएको छ । रियल  च्याम्पियन लिग र स्पेनसको पुरानो घरेलु लिग कोपा डेल रेबाटसमेत बाहिरीसकेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार