क्यारेबियन लिगमा सन्दीप महँगो मूल्यमा ‘विक्री’, झन्डै ८० लाख पाउने


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, जेष्ठ ९, २०७६

  • काठमाडौं, जेठ ९ ।  बार्बाडसले पाँचौ राउण्डमा सन्दीपलाई अनुबन्ध गरेको हो । उक्त स्थानमा छानिने खेलाडीले कम्तिमा ७० हजार अमेरिकी डलर प्राप्त गर्ने छन् । सीपीएलको ड्राफ्ट लन्डनमा जारी छ । सन्दीपको टोलीबाट हालसम्म एलेक्स हेल्स, जेसन होल्डर, आसिफ अली र वाहब रियाज समेटिएका छन् ।

    ड्राफ्टको सन्दीप बाहेक युवा अलराउण्डर दिपेन्द्रसिंह ऐरी, तीव्र गतिका बलर सोमपाल कामी र मध्यक्रमका ब्याट्सम्यान रोहितकुमार पौडेल ड्राफ्टमा परेका थिए । यस संस्करणको सीपीएल आगमी ४ सेप्टेम्बर देखि १२ अक्टोबरसम्म वेस्टइन्डिजमा चल्नेछ । अघिल्लो सिजन उत्कृष्ट प्रदर्शन गर्दै उदीयमान प्रतिभा समेत घोषित सन्दीप भएका थिए । गतवर्ष सन्दीपले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियट्सबाट खेल्दै ५ खेलमा ७ विकेट लिएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार