लियो क्लब अफ नेपालगञ्ज खजुराको अध्यक्षमा एन्जल खड्का


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, जेष्ठ १२, २०७६

  • काठमाडौं, जेठ ११ । लियो क्लब अफ नेपालगञ्ज खजुराको अध्यक्षमा एन्जल खड्का निर्बिरोध निर्बाचित भएकी छिन् । लियो क्लब अफ नेपालगञ्ज खजुराको चौथो साधारण सभाबाट अध्यक्ष पदमा खड्का निर्बिरोध निर्बाचित भएकी हुन् । त्यस्तै सचिबमा अरुणा गुरुङ, कोषाध्यक्षमा रबिना खड्का निर्बाचित भएका छन् ।

    लियो क्लब अफ नेपालगञ्ज खजुराकी अध्यक्ष खड्काले अब बिशेषगरी स्कुल, कलेजहरुमा गएर विद्यार्थीहरुलाई सामाजिक कार्यमा लाग्न उत्प्रेरणा जगाउने आफनो पहिलो प्राथमिकता रहेको बताएकी छिन् । त्यस्तै हाम्रो खजुरा, राम्रो खजुरा नारा सहित बृक्षारोपण, बृत्तचित्र निमार्ण गर्ने र बिकट स्थानहरुमा पुगेर स्वास्थ्य शिविर आयोजना गर्ने जस्ता कामहरु आफ्नो प्राथमिकतामा रहेको बताउ“छिन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार