प्रभु बैंकको नयाँ शाखा कार्यालय अछामको साँफेबगरमा


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, जेष्ठ १७, २०७६

  • काठमाडौं, जेठ १७ । प्रभु बैंकले अछाम जिल्लाको साँफेबगर नगरपालिका ३ मा नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । साँफेबगर नगरपालिकाका नगरप्रमुख कुलबहादुर कुँवरज्यू शाखाको उद्घाटन गर्दै बैंकले देशका सुगम तथा दुर्गम ठाउँमा पुगेर बैंकिङ्ग पहुँचको दायरा वृद्धि गर्दै गुणस्तरीय सेवा विस्तार गरेकोमा खुसी व्यक्त गरे ।

    उनले साँफेबगरमा बैंकले शाखा कार्यालय सञ्चालनमा ल्याएर यस क्षेत्रका सरकारी निकाय, व्यापारी, तथा आम सर्वसाधारणलाई सरल सहज रुपमा प्रभु बैंकको गुणस्तरीय बैंकिङ्ग सेवा उपभोग गर्ने अवसर प्रदान गरेको बताए ।

    बैंकको साँफेबगर शाखा कार्यालयबाटस्थानीय सर्वसाधारणहरु, फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको सेवा उपभोग गरी लाभान्वित हुनेछन् र त्यस क्षेत्रको समग्र आर्थिक विकासमा टेवा पुग्ने विश्वास बैंकको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार