सर्वाधिक गोल गर्ने सुचिमा लिओनेल मेस्सीलाई पछाडि पारे भारतीय कप्तान सुनील क्षेत्रीले


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, असार २३, २०७६

  • काठमाडौं । असार २३  ।  भारतीय राष्ट्रिय टोलीका कप्तान तथा फरवार्ड सुनील क्षेत्रीले अन्तर्राष्ट्रिय खेलमा सर्वाधिक गोल गर्ने सुचिमा अर्जेन्टिनी कप्तान लिओनेल मेस्सीलाई पछाडि पारेका छन् ।

    आइतबार ताजिकिस्तानविरुद्ध जारी खेलमा गोल गर्दै सुनीलले मेस्सीलाई उछिनेका हुन् । उनले खेलको चौथो मिनेटमा प्राप्त पेनाल्टीमा गोल गर्दै राष्ट्रिय टोलीका लागि ६९ औं गोल गरेका हुन् । सुनीलले राष्ट्रिय टोलीका लागि खेलेको १ सय ९ औं खेलमा सो आँकडा पार गरेका हुन् । सुनीलले पहिलो हाफको ४१ औं मिनेटमा गोल गर्दै व्यक्तिगत गोल संख्या ७० पुर्याएका छन् ।

    यता कोपा अमेरिका २०१९ मा खराब प्रदर्शन गरेका मेस्सीले भने १ सय ३६ खेल खेल्दै ६८ गोल गरेका छन् । यसपटक कोपा अमेरिकाको ५ खेलमा मेस्सीले १ गोल मात्र गर्न सके । उक्त गोल समूह चरणमा पेनाल्टीमार्फत आएको थियो । मेस्सी हाल अन्तर्राष्ट्रिय फुटबल खेलिरहेका सर्वाधिक गोलकर्ताको सुचिमा तेस्रो स्थानमा छन् ।

    सर्वाधिक गोल गर्ने खेलाडीको शीर्षस्थानमा पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डो छन् । रोनाल्डोले १ सय ५८ खेलमा ८८ गोल गर्दै फराकिलो अग्रता कायम गरेका छन् । समग्रमा अन्तर्राष्ट्रिय स्तरमा सर्वाधिक गोल भने इरानका अलि दाईको नाममा छ । उनले सन् १९९३ देखि २००६ को बिचमा १ सय ४९ खेल खेल्दै १ सय ९ गोल गरेका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार