काठमाडौं । असार २४ । एसीसी यु-१९ इन्टर्न रिजन क्रिकेट प्रतियोगिताको उपाधि नेपालले जितेको छ । नेपालले मंगलवार हङकङलाई पराजित गर्दै नेपाल प्रतियोगिताको उपाधि हात पारेको हो ।
नेपालका लागि ओपनर रित गौतमलाई १३ तथा पवन सर्राफले ३९ रनको योगदान गरे ।
मलेसियाको किनरारा ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको हङकङले ४३ ओभर १ बलमा अलआउट हुँदै ९५ रन जोडेको थियो ।
हङकङका लागि आदित गोरावाराले २४ तथा काल्हन चल्लुले १९ रन जोड भने रौनक कपुरले १२ रन बनाए ।
बलिङतर्फ सागर ढकाल एक्लैले पाँच विकेट लिए ।
यससँगै नेपाल यु-१९ एसिया कपमा छनोट भएको छ ।