विश्व हल्लाएका खतरनाक ह्याकर


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, असार २५, २०७६

  • काठमाडौं । असार २५ ।  तपाईले कसलाई सोध्नुहुन्छ त्यसमा भर पर्छ हाज्मा बेन्डेलाज कि त नायक हुन वा साइबर युगका खतरनाक अपराधी । कम्प्युटर कोडिङमा विशेष दख्खल राख्ने र पाँचभाषा बोल्न जानेका यी चर्चित ह्याकरलाई ‘ह्याप्पी ह्याकर’ नामले पनि चिनिन्छ ।

    यी २७ वर्षिय अल्जेरियन कम्प्युटर साइन्स ग्राजुयटले एक कम्प्युटर भाइरसको प्रयोगबाट २०० भन्दा धेरै अमेरिकी बैंकहरुको करोडौं डलर चोरेर प्यालेष्टाइनका च्यारिटीहरुलाई दान गरेका थिए ।

    बेन्डेलाज बैंकिङ ट्रोजन हर्स ‘स्पाइआइ’नामको भाइरसको निर्माता हुन् । उक्त मालवेयर किटले सन् २००९ देखि २०११ सम्म धेरै तहल्का पिटेको थियो । सन फ्रान्सिस्कोमा आधारित प्रविधि म्यागेजिन ‘वायर्ड’को अनुसार उक्त भाइरसले अमेरिका लगाएत अन्य ठाँउका १४ लाखभन्दा बढि कम्प्युटरमा क्षति पुर्याएकोे थियो । उक्त सफ्टवेयरले प्रयोगकर्ताहरुलाई अनलाइन फाइनान्सियल एकाउन्टहरुबाट सूचनाहरु चोर्न मद्धत गथ्र्यो र त्यसपछि उनीहरुले ति सूचनाको मद्धतले बैंकबाट पैसा चोर्ने गर्थे ।

    बेन्डेलिजलाई अनलाइन विश्वमा ह्याकर ‘बिएक्सवान’ नामले चिनिन्थ्यो र उनको पहिचान गर्न अमेरिकालाई दुई वर्ष लाग्यो । त्यस अवधीमा उनले २१८ बैकबाट २८० मिलियन डलर भन्दा धेरै रकम चोरिसकेका थिए ।

    सन् २०१३ मा मलेसियाबाट अल्जेरिया जाँदै गर्दा थाइल्याण्डमा ट्रान्जिट पर्दा बैंककको विमानस्थलबाट पक्राउ गरियो र अमेरिका पठाइयो । उनलाई पक्राउ गरेर हिरासतमा लादै गर्दा बैंककको सुवर्ण भूमी विमान स्थलमा खिचिएको फोटोमा उनी मुस्कुराइ रहेका थिए त्यसैले उनलाई सबैले ‘ह्याप्पी ह्याकर’ नाम दिए ।

    उनको खोजी गरिरहेका अमेरिकी कानुनी अधिकारीहरुले बेन्डेलाजलाई तब मात्रै पहिचान गरे जति बेला उनले स्पाइ आइभाइरसको एक कपी अमेरिकी अन्डर कभर अफिसरलाई ८५०० डलरमा बेचेका थिए ।

    अल्जेरियाको टिजी ओजोउ माजन्मिएका बेन्डेलिजलेलाई अमेरिकी अदालतले ६५ वर्षको जेल र २४ मिलियन डलर जरिवाना तिराउने माग सहित २३ वटा मुद्धा दायर गरेको थियो ।

    ‘बेन्डेलाजको आपराधिक कार्यहरु अन्तराष्ट्रिय सिमाहरु पार गरेर पिडितका घर घरमा पुगेको छ’ अमेरिकी वकिल सेलीक्वुलियन येट्सले सन् २०१३ मा उनलाई पक्राउ गरेपछि भनेका थिए । उनलाई विभिन्न आरोपहरु लगाएको थियो । साइबर नेदर वल्र्डमा उनले वित्तिय र व्यक्तिगत सूचनाहरुको होलसेल चोरीलाई व्यावसायीक बनाएका थिए ।

    कोर्टका प्रतिवेदनहरुका अनुसार बेन्डेलाज र उनको सञ्जालका अन्यले स्पाइआइसका भाइरस विकास, बजारीकरण र बिक्री गरेका थिए । उनीसँग भाइरस किनेपछि प्रयोगकर्ताले सजिलै कसैको पासवर्ड, युजरनेमहरु पत्ता लगाउन र क्रेडिट कार्डको सूचना पत्ता लगाउन सक्थे । अमेरिकी अधिकारीहरुका अनुसार उनले ‘स्पाइआइ’भाइरसलाई डारकोड नामको कम्प्युटर ह्याकिङ फोरममा विज्ञापन गरेका थिए ।

    अमेरिकी अधिकारीहरुका अनुसार बेन्डेलाज र अन्य स्पाइआइ प्रयोगकर्ताहरु ले ठूलो सञ्जाल बनाएका थिए र उनीहरुले नियमित रुपमा आक्रमण गरेर वित्तिय र व्यक्तिगत सूचनाहरु चोर्ने गरेका थिए ।

    उनले पैसाहरु कसरी खर्च गरे भन्ने बारे अदालतको प्रतिवेदनले केही नखुलाए पनि विभिन्न रिपोर्टहरुकाअनुसार बेन्डेलाजले पैसा प्यालेस्टाइनका च्यारिटीहरुलाई दानगर्ने गरेका थिए जुन सुचनाले उनलाई धेरै मानिसको नजरमा हिरो बनाइदियो ।अल्जेरिया र प्यालेष्टाइनमा उनको धेरै समर्थकहरु रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार