लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले बनायो नयाँ रेकर्ड


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, साउन २, २०७६

  • काठमाडौं । साउन २ ।  लोकप्रिय फेन्टासी ड्रामा ‘गेम अफ थ्रोन्स’ ले एम्मी २०१९ अवार्डमा ३२ विधामा नोमिनेसनमा परेर नौलो रेकर्ड बनाउन सफल भएको छ । यो रेकर्ड कुनैपनि शो को एकलौटी सीजनका लागि अत्यधिक हो ।

    ७१ औं प्राइमटाइम एम्मी अवार्डको लागि मंगलबार नोमिनेसन गरिएको थियो । यसै वर्षको सुरुवातमा ‘गेम अफ थ्रोन्स’ ले अन्तिम सीजनका साथ कथाको अन्त्य गरेको थियो । ३२ नोमिनेसन प्राप्त गरेर यसले सन् १९९४ मा ‘एनवाइपीडी ब्लू’ ले बनाएको २६ नोमिनेसनको रेकर्ड तोड्दै नयाँ रेकर्ड बनाएको हो ।

    एचबीओमा प्रशारण हुने यस ‘गेम अफ थ्रोन्स’ले एम्मी अवार्डमा निम्नलिखित श्रेणीमा नेतृत्व गरेको छ । उतकृष्ट ड्रामा, उत्कृष्ट अभिनेताका लागि किट ह्यारिङ्टन, उत्कृष्ट अभिनेत्रीको लागि एमीलिया क्लार्क तथा चार उत्कृष्ट सहायक अभिनेत्री र अन्य सहायक अभिनेताका लागि पनि नोमिनेसनमा परेका छन् ।

    उत्कृष्ट ड्रामा सिरिजका लागि ‘गेम अफ थ्रोन्स’ को प्रतिस्पर्धा ‘बेटर कल सोल’, ‘बडीगार्ड’,‘ओजार्क’,‘पोज’ जस्ता शोहरु रहेका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार