इमेरी भन्छन् : ‘आर्सनललाई थप खेलाडी आवश्यक छ ।’


  • फ्रन्टलाइन नेपाल
  • आइतवार, साउन ५, २०७६

  • काठमाडौं । साउन ५ ।  आर्सनल क्लबका प्रशिक्षक उनाइ इमेरीले नयाँ सिजन २०१९–२०२० को लागि क्लबमा थप खेलाडीको आवश्यकता रहेको बताएका छन् । शनिबार राति भएको इन्टरनेसनल च्याम्पियन्स कपमा आर्सनलले फ्लोरेन्टिनालाई ३–० गोल अन्तरले पराजित गरेको थियो ।

    जितपछि बोल्दै इमेरीले भने, “म निकै राम्रो खेलाडीको खोजिमा छु, केही  खेलाडीहरु निकै नै महँगा छन् । हामी दोस्रो दर्जाको खेलाडी चाहँदैनौँ, त्यसैले हामी पर्खिरहेका छौँ । हामीसँग धेरै राम्रा युवा खेलाडी छन् ।”
    उनले थपे, “हामी सचेत छौं कि हामीलाई हाम्रो समूहमा केही सुधार गर्नुुपर्छ । तर म नयाँ खेलाडीहरु क्लबमा आबद्ध गर्न चाहन्छुु । त्यसैले म हाम्रो क्लबमा आवश्यक र योग्य खेलाडीको खोजीमा छु ।”

    प्रतिक्रिया
    सम्बन्धित समाचार