‘भार’ को प्रयोग गर्दै प्रिमियर लिग…


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, साउन ६, २०७६

  • काठमाडौं । साउन ६ ।  विश्वको प्रतिष्ठित फुटबल प्रतियोगिता इंग्लिश प्रिमियर लिगमा आउने सिजनबाट भिडियो असिस्टेन्ट रेफ्री (भीएआर) प्रविधि लागु हुने भएको छ ।

    प्रिमियर लिगले सन् २०१९–२० को सिजनबाट भीएआर लागु गर्न तयारी गरिरहेको हो । विश्वकप र च्याम्पियन्स लिगमा प्रयोग भईसकेको भीएआर प्रिमियर लिगमा भने लागु भएको थिएन ।

    हालै फ्रान्समा सम्पन्न महिला विश्वकपमा समेत भीएआरको प्रयोग गरिएको थियो  ।

    प्रिमियर लिगका अन्तरिम सिईओ रिचार्ड मास्टरले भीएआर लागु गर्न तयारी गरिरहेको बताएका छन् ।

    उनले भने ‘हामीले यसको लागि २ वर्षबाट तयारी गरिरहेका छौँ । मलाई विश्वास छ यसले केहि विवाद ल्याउछ तर यो हाम्रो ठुलो निर्णय हो । हामी भीएआर प्रविधि प्रयोग गर्न तयार छौँ ।’

    ९ अगस्टबाट सुरु हुने प्रिमियर लिगको खेलतालिका पनि सार्वजनिक भएको छ । जसमा पहिलो खेल लिभरपुलले आफ्नो मैदानमा नर्वीच सिटीका विरुद्ध खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार