सान्टियागो बेर्नाबेउमा रियल मड्रिडको कमजोर प्रदर्शन…..


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ १०, २०७६

  • काठमाडौं ।  स्पेनिस क्लब रियल मड्रिडले घरेलु मैदान सान्टियागो बेर्नाबेउमा कमजोर प्रदर्शन गर्दै आएको छ । गत शनिबार मात्रै रियलले रियल भालाडोलिडसँग घरेलु मैदानमा नै बराबरी खेले अंक बाँड्न पुग्यो । यससँगै रियललाई घरेलु मैदानमा हुने हरेका खेलमा डर उत्पन्न हुने देखिएको छ । गत सिजन पनि रियलले घरेलु मैदानमा सन्तोषजनक प्रदर्शन गर्न सकेको थिएन । गत सिजन युरोपका ठूला क्लबहरुमध्ये रियलले सबैभन्दा बढी अंक घरेलु मैदानबाट गुमायो ।

    रियलले घरेलु मैदानमा ८ खेल हार्न पुग्यो । जसमध्ये बार्सिलोनासँग दुई खेल तथा आयाक्स, सीएसकेए मस्को, लेभान्टे, रियल सोसिडाड, जिरोना तथा रियल बेटिससँग एक–एक खेल हारेको हो । रियलले ला लिगामा मात्रै घरेलु मैदानबाट १७ अंक गुमाएको थियो ।  रियल भन्दा बढी अंक घरेलु मैदानमा गुमाउने अन्य क्लबहरुमा रायो भालेकानो, ह्वेस्का तथा रियल भालाडोलिड रह्यो ।

    गत सिजन रियलले घरेलु मैदानमा २८ खेल खेल्दा १३ खेलमा जित निकाल्न सकेन । रियलले घरेलु मैदानमा नै फुन्लाब्राडा,  नुमान्सिया तथा लेगानेसजस्तो क्लबलाई कोपा डेल अन्तर्गतको खेलमा हराउन सकेन ।  रियलले सन् २०१७ को जुन ३ मा कार्डिफमा च्याम्पियन्स लिग जितेपछि घरेलु मैदानमा नराम्रो रेकर्ड राख्दै आएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार