स्टार फुटबलर क्रिस्टियानो रोनाल्डोको नाममा रंगशाला


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज २७, २०७६

  • एजेन्सी । पोर्चुगलका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको सम्मानमा रंगशालाको नाम रहने भएको छ । पोर्चुगलको क्लब सीपी स्पोर्टिङले आफ्नो रंगशालाको नाम परिवर्तन गर्ने भएको हो । रोनाल्डोले फुटबल करियर सुरुवात गर्दाको क्लब सीपीले रंगशालाको नाम रोनाल्डो राख्ने भएको हो । स्पोर्टिङको रंगशालाको नाम हालसम्म संस्थापक जोस अल्भालेडको नाममा रहेको थियो ।

    युभेन्ट्सका स्टार रोनाल्डोले १२ वर्षको उमेरमा स्पोर्टिङबाट फुटबल करियर सुरु गरेका थिए । रोनाल्डोलाई सन् २००३ मा प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडमा गएका थिए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार