अब स्मार्टफोन पनि ल्याउँदै गुगल


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, अशोज २७, २०७६

  • विश्वको सबैभन्दा चर्चित र भरपर्दो सर्च इन्जिनको रुपमा हामी गुगललाई चिन्दछौं।

    गुगल कम्पनीले सर्च इन्जिनसँगै, गुगल म्याप, यूट्युब, जीमेल, लगायतका अन्य प्लेटफर्महरु पनि संचालन गर्दै आएको छ।

    अब गुगलले स्मार्टफोन पनि ल्याउँदै छ। उक्त फोनको नाम पिक्सल फोर हुनेछ। गुगलले यस फोन चाँडै सार्वजनिक गर्ने जनाएको छ।

    गुगलको स्मार्टफोनमा दुईवटा क्यामेरा हुनेछ। यो विभिन्न रङमा उपलब्ध हुनेछ। यसमा एन्ड्रोइडका लेटेस्ट संचालन प्रणाली जडान हुनेछ। एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार