लन्डन । सामाजिक सञ्जाल इन्स्टाग्रामबाट सबैभन्दा बढी कसले आम्दानी गर्ला ?
हालै भएको एक अध्ययनले इन्स्टाग्रामबाट पछिल्लो एक वर्षमा सबैभन्दा बढी आम्दानी गर्नेमा फुटबल स्टार क्रिस्टियानो रोनाल्डो अगाडि छन् ।
रोनाल्डोले पछिल्लो एक वर्षमा इन्स्टाग्रामबाट ३८.२ मिलियन पाउन्ड आम्दानी गरेको एक अध्ययनले देखाएको छ।
https://www.instagram.com/p/B2hkIx-Iwdp/
रोनाल्डोका ३४ प्रायोजित पोस्टबाट यति आम्दानी भएको हो । उनले हरेक पोस्टबाट औसतमा ७ लाख ८० हजार पाउन्ड आम्दानी गरेको जनाइएको छ।
अर्का फुटबल स्टार लियोनल मेस्सीले यो अवधीमा १८ मिलियन पाउन्ड कमाएको जनाइएको छ। मेस्सीले ३६ वटा प्रायोजित पोस्टहरु गरेका थिए ।
https://www.instagram.com/p/B2g37f6CxCR/