तीन दिनदेखि अस्पतालमा अमिताभ बच्चन


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक १, २०७६

  • बलिउडका अग्रज कलाकार अमिताभ बच्चन अस्पताल भर्ना भएका छन्।

    ७७ वर्षीय बच्चनलाई कलेजोको समस्या देखेपछि मुम्बईस्थित नानावती अस्पतालमा भर्ना गरिएको हो।

    उनको स्वास्थमा एकाएक समस्या देखिपछि मंगलबार २ बजे अस्पताल पुर्याइएको टाइम्स अफ इण्डियाले जनाएको छ। उनलाई आईसियू जस्तै छुट्टै कोठामा राखिएको र आफ्नो परिवारबाहेक अरु कसैलाई भेट्न दिइएको छैन।

    बच्चनलाई छिट्टै डिस्चार्ज गरिने अस्पतालले जनाएको छ। सन् १९८२मा कार दुर्घटना हुँदा उनलाई हेपाटाईटिस बी भाइरसको संक्रमण भएको थियो।

    प्रतिक्रिया
    सम्बन्धित समाचार