बिग बोसबाट ४ सय करोड पारिश्रमिक लिँदैछन् सलमान खान


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, कार्तिक १, २०७६

  • एजेन्सी— टिभी रियालिटी सो बिग बोसको १३ औं सिजन सुरु भइसकेकाे छ । २९ सेप्टेम्बरबाट सुरु भएको बिग बोसको सन्चालन यसपटक पनि अभिनेता सलमान खानले गरेका छन् । त्यसैले पनि यसबारे बारम्बार विभिन्न समाचार आइरहेका छन् ।
    तिनैमध्ये एक समाचार हो— सलमानले लिने त्यसको पारिश्रमिक । सलमान खानले पछिल्ला १० वटा एपिसोडमा काम गरिसकेका छन् । यसबीच आएको समाचार के थियो भने सलमान खानले यसपटक ४ सय करोड रुपैयाँ पारिश्रमिकका रुपमा लिँदैछन् ।

    तर, पछिल्लो समय फेरि भारतीय रिपोर्टहरुमा यो खबर झुटो भएको समाचार आएका छन् । एक वेबसाइटले चाहिँ बिग बोसको सिजन १३ १५ साता चल्ने र एक साताको सलमान खानले १३ करोड लिनेछन् । यसरी हिसाब गर्दा उनले बिग बोसको यो सिजनमा १९५ करोड लिने त्यो वेबसाइटको दाबी छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार