एम्बाप्पे सर्वाधिक मूल्यवान् फुटबलर


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, मंसिर ३, २०७६

  • एजेन्सी । फ्रान्सेली क्लब पीएसजीबाट व्यवसायीक फुटबल खेलिरहेका युवा खेलाडी किलियन एम्बाप्पे सबैभन्दा मूल्यवान् फुटबलर बनेका छन् । ‘ट्रान्सफर मार्केट’ ले सोमबार सार्वजनिक गरेको रिपोर्टअनुसार एम्बाप्पे वर्तमान् अवस्थामा २०० मिलियन युरो मार्केट भ्याल्यू भएका खेलाडी बनेका छन् ।

    रिपोर्ट अनुसार पीएसजीकै खेलाडी नेयमार दोस्रो स्थानमा रहेका छन् । नेयमारको बजार भ्याल्यू १८० मिलियन युरो रहेका छन् । त्यस्तै, तेस्रो स्थानमा लिभरपुलका मोहम्मद सलाह रहेका छन् । सलाहको  मार्केट भ्याल्यू १५० मिलियन रहेको छ ।  इजिप्टका सालाहपछि टोटनह्याम हटस्परका ह्यारी केनको मार्केट भ्याल्यू पनि १ सय ५० मिलियन नै रहेको छ । रियल मड्रिड आएका बेल्जियमका इडेन हाजार्ड पाँचौं स्थानमा तथा बार्सिलोनाका लियोनल मेसीको पनि मार्केट भ्याल्यू १५० मिलियन रहेको छ ।

    सातौं स्थानमा म्यानचेष्टर सिटीका स्टार रहिम स्टर्लिङ छन् उनको मार्केट भ्याल्यू १४० मिलियन छ भने आठौं स्थानमा रहेका बार्सिलोनाका एन्टोनियो ग्रिजम्यानको १३० मिलियन, नवौं स्थानमा रहेको म्यान्चेस्टर सिटीका केभिन डी ब्रुयनाको १३० मिलियन तथा दशौं स्थानमा रहेको लिभरपुलका साडियो मानेको मार्केट भ्याल्यू १२० मिलियन रहेको छ ।

    युभेन्ट्सका स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोको मार्केट भ्याल्यू ९० मिलियन छ । उनी २८ औं स्थानमा रहेका छन् ।

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार