नायक अनमोल केसी अचानक नायिका अदिति बुढाथोकीसंगै स्कटल्याण्डतर्फ किन उडे ?


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १३, २०७४

  • माघ १२ को साझ नायक अनमोल केसी त्रिभुबन अन्रतराष्ट्रिय बिमानस्थलमा भेटिए । उनी एक्लै भने थिएनन् । नायिका अदिति बुढाथोकीसंगै स्कटल्याण्डतर्फ उड्ने तरखरमा थिए, अनमोल । अभिनित चलचित्र ‘कृ’ यतिबेला चर्चामा छ । एक्कासी किन उनी स्कटल्याण्ड तर्फ उडे त ?

    रोमान्टिक गीतको छायाङ्कनका लागी यो टिम स्कटल्याण्डतर्फ उडेको हो । अनमोलले अदितिसंगै पहिलो पटक यति लामो यात्रा गर्न लागेको बताए । उक्त टिममा नायिक भुवन केसी, कोरियोग्राफर विक्रम लामा, चलचित्र निर्माता सुवास गिरी पनि स्कटल्याण्डतर्फ उडेका छन् । ‘किन छायाङ्कनका लागि स्कटल्याण्ड नै रोजियो ?’ भन्ने प्रश्नमा भुबन केसीले भने, ‘त्यो त चलचित्र हेरेपछि थाह पाउनुहुनेछ ।’

    प्रतिक्रिया
    सम्बन्धित समाचार