सामसङले हजार डलरमुनिको फोल्डेबल फोन ल्याउँदै


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर २३, २०७६

  • सामसङले १ हजार अमेरिकी डलर मुनिको मोड्न सकिने फोल्डेबल स्मार्टफोन सन् २०२० मा ल्याउने भएको छ । सामसङले ल्याउन लागेको यो फोनको मूल्य ८५० अमेरिकी डलरको हाराहारीमा रहनेछ । भारतमा यसको मूल्य ६१ हजारको हाराहारीमा रहने जनाइएको छ ।
    सामसङको पहिलो फोल्डेबल स्मार्टफोनले अपेक्षा अनुरुप सफलता नपाएपछि कम्पनीले डिजाइनमा सुधार गर्दै नया फोन ल्याउने तयारी गरेको हो । अहिलेको ग्यालेक्सी फोल्ड भारतमा १ लाख ६४ हजार ९९९ मा बिक्री भइरहेको छ । हुवावे मेट एक्सको डिजाइन र फिचर भएअनुसारको पहिले फोल्डेबल स्मार्टफोन एलजीले पनि सन् २०२० मा ल्याउन लागेको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार