ट्वीटरमा जीआइएफ फिचर


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, मंसिर ३०, २०७६

  • ट्वीटरमा जीआइएफ फर्मेटको फोटो निकै प्रयोग गरिन्छ। त्यसैले कम्पनीले ट्वीटरमा जीआइएफ फिचरको विस्तार गरेको छ। जीआइएफ लाइभ फोटो फर्मेट हो। सबैभन्दा पहिले आइफोनमा लाइभ फोटोको सुरुवात भएको थियो।

    पछि सबै स्मार्टफोनमा लाइभ फोटोको फिचर प्रदान गर्न थालियो। पहिले ट्वीटरमा जीआइएफ फोटो अपलोड गर्दा स्टिल फोटोको रुपमा पोस्ट हुन्थ्यो। पछि मात्र जीआइएफ फोटो ट्वीटरमा पोस्ट हुन थाल्यो। जीआइएफ फोटो बनाउँदा अन्य एप्स तथा सफ्टवेरको प्रयोग गर्नु पर्छ। तर ट्वीटरले जीआइएफ फिचर नै प्रदान गरेपछि अब अन्य एप्सको सहयोग लिने झन्झट गर्नु पर्दैन।

    हालका लागि यो फिचर आइओएस ट्वीटर एपका लागि मात्र प्रदान गरिएको छ। यसका लागि तपाइँ सिधै क्यामेरा रोलमा गएर लाइभ फोटो अपलोड गर्नुपूर्व त्यसलाई कन्भर्ट जीआइएफमा थिच्नुपर्छ। एजेन्सी

    प्रतिक्रिया
    सम्बन्धित समाचार