‘बार्सिलोनासँग डराउनुपर्ने कारण नै छैन’ : गाटुसो


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस १, २०७६

  • एजेन्सी । बितेका दुई सिजन बार्सिलोनाका लागि सम्झिनयोग्य रहेन । बार्सिलोना च्याम्पियन्स लिगको दाबेदार मानिए पनि अग्रता जोगाउन नसक्दा बार्सिलोनाले बितेका दुई वर्षमा खासै गतिलो नतिजा हात पार्न सकेन ।  यस सिजन पनि बार्सिलोनालाई च्याम्पियन्स लिगको दाबेदार क्लबका रुपमा हेरिएको छ । अन्तिम १६ को नकआउट चरणमा बार्सिलोनाले नापोलीसँग आमने सामने गर्दैछ ।

    नापोलीले च्याम्पियन्स लिगमा गतिलो खेले देखाए पनि सिरी ए मा भने अवस्था राम्रो रहेको छ्रैन । हालै नियुक्त भएका प्रशिक्षक गेनारो गाटुसोलाई पनि नापोलीको खेल सुधारका लागि कडा मेहनत गर्नुपर्ने देखिएको छ ।

    उनले नापोलीको मनोवबल उच्च बनाउन च्याम्पियन्स लिगमा हुने प्रतिस्पर्धाको लागि प्रतिक्रिया दिएका छन् । उनले भनेका छन्,‘बार्सिलोनासँग डराउने कारण नै छैन । बार्सिलोना हाम्रो लागि कठिन प्रतिस्पर्धी हो । रोमाञ्चक खेलेका अपेक्षा मैले गरेको छु । हामीले बार्सिलोनासँग नडराइकन सामना गर्नेछौँ ।’

    बार्सिलोनालाई सन् २०१७–१८ को च्याम्पियन्स लिगमा रोमाले पाखा लगाएको थियो भने सन् २०१८–१९ को च्याम्पियन्स लिगमा लिभरपुलले नमिठो झट्का दिएको थियो । यस सिजन पनि च्याम्पियन्स लिगमा विगतकै नियती दोहोराउने भने प्रशिक्षक अरनेष्टो भलभरडेको जागिर धरापमा पर्ने पक्का जस्तै देखिएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार