आज प्रिमियर लिगमा ८ खेलहरु हुँदै


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, पुस १६, २०७६

  • काठमाडौँ । आज प्रिमियर लिगमा विशेष ८ खेलहरु हुँदैछन् । बक्सिङ डे अन्तर्गतका खेलमा क्लबहरुले बलियो तयारी गरेको बताइएको छ । म्यानचेस्टर सिटीले इभर्टनसँग प्रतिस्पर्धा गर्दैछ ।

    यस सिजन खासै प्रभावशाली खेल खेलाउन नसकेको इभर्टनमा नयाँ प्रशिक्षक कार्लो एन्सेलोटी आएपछि भने मनोबल पनि उत्तिकै उच्च भएको बताइएको छ ।

    उनी आएपछि इभर्टनले लगातार दुई खेलमा जित हात पारेको छ । उता लिग लिडर लिभरपुललाई अझै पनि पछ्याउने कोशिसमा म्यानसिटी रहेको छ । त्यस्तै शिर्ष चारमा पर्न पनि टोटनहमले लगातार जित हात पार्नु पर्नेछ । टोटनहमले साउथह्याम्टनसँग खेल्दैछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार