सय करोड क्लबमा अक्षयको ‘गुड न्यूज’


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, पुस १७, २०७६

  • बलिउडलाई डिसेम्बर महिना सुखद देखिएको छ । गएको बर्षको डिसेम्बर महिनामा रिलिज भएका २ चलचित्रले बक्स अफिसमा राम्रो व्यापार गरेका छन् । दुबै चलचित्र स यकरोड क्लबमा प्रवेश पनि गरेका छन् ।

    डिसेम्बर २० मा रिलिज भएको नायक सलमान खान अभिनित चलचित्र ‘दबंग ३’ले बक्स अफिसमा १४० करोडको व्यापार गरिसकेको छ । तर, यो चलचित्र सुपरहिट भने हुन सकेन । यस्तै, डिसेम्बर २७ तारिखबाट रिलिज भएको चलचित्र ‘गुड न्यूज’ पनि सय करोड क्लबमा प्रवेश गरेको छ ।

    रिलिज भएको छैटौ दिनमा चलचित्रले सय करोडको आँकडा पार गरेको हो । चलचित्रले वुधबार नयाँ बर्षको बिदाको दिन भारतीय बक्स अफिसमा २२.५० करोडको व्यापार गरेको छ । चलचित्रले शुक्रबार १७. ५६ करोड, शनिबार २१.७८ करोड, आइतबार २५.६५ करोड, सोमबार १३.४१ करोड, मंगलबार १६.२० करोड र वुधबार २२.५० करोडको व्यापार गर्यो । योसँगै चलचित्रको व्यापार ६ दिनमा ११७ करोड पुगेको छ ।

    नायक अक्षय कुमार अभिनित यो पन्ध्रौ चलचित्र हो, जसले सय करोडको व्यापार गर्न सफल भयो । चलचित्रमा करिना कपुर, कियरा आडवाणी लगायतका कलाकारको मुख्य भूमिका छ । करण जोहरको निर्माणमा तयार भएको यो चलचित्रले सन्तान प्राप्तीका लागि दौडिएका २ जोडीको कथा भन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार