रेस्टुरेन्टमा खानाको अर्डर लिने बिरालो रोबोट


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, पुस २२, २०७६

  • अमेरिकाको लस भेगसमा सी इएस प्रविधि मेला आयोजना गरेको छ । मेलामा एक बिरालो रोबोट प्रदर्शनीमा राखिएको छ । रेस्टुरेन्टमा आउने ग्राहकलाई टेबलसम्म खाना लग्ने काम रोबोट बिरालोले गर्न । चिनियाँ कम्पनीले बनाएको यो रोबोटको नाम ‘बेलाबट’ हो ।

    एक पुरानो नमुनाको आधारमा बेलाबटको निर्माण भएको छ । यसको स्क्रिनमा बिरालोको अनुहार भएको एनिमेसन देखिन्छ । ग्राहकले खानाको अर्डर दिनुअघि बेलाबट टेबल मुनि गएर म्याँउ म्याँउ गर्ने गर्छ । ग्राहकले मायाले कान छुँदा उसले मख्ख परेर ‘कति न्यानो हात’ भन्छ । तर ग्राहकले धेरैबेर कान समात्यो भने रोबोट रिसाउँछ । रिसाउँदै रोबोटले आफ्नो काममा अवरोध नर्गन ग्राहकलाई आग्रह पनि गर्छ ।

    चीनमा रेस्टुरेन्टमा खानाको अर्डर लिने काम ग्राहो भएको रेस्टुरेन्टका मालिक बताउँछन् । ‘पुडु तेक’ का अनुसार चीनको कम्पनीले यो रोबोट रेस्टुरेन्टलाई बेच्ने उद्देश्य राखेको छ ।

    ‘पुडु तेक’ ले निर्माण गरेको अरु रोबोट विश्वमा २ हजार रेस्टुरेन्टमा प्रयोग गरिएको छ ।तर वास्तवमा बेलाबटलाई काम गर्न त्यति असहज नहुने देखिन्छ, प्रविधिविज्ञ पाउलो पेस्टोर भन्छन् । उनका अनुसार व्यस्त रेस्टुरेन्टमा भीडभाड भएको अवस्थामा भने बिरालो रोबोटलाई दिशा पत्ता लगाउन गाह्रो हुन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार