ओपो ए ९ २०२०ः मिडरेञ्जमा उत्कृष्ट फिचर्स


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, पुस २८, २०७६

  • ‘ओपो ए९ २०२०’ ओपोको ‘ए’ सिरिज अन्तर्गतको नयाँ उत्पादन हो। ओपोले ‘ए’ सिरिज असोज पहिलो हप्तादेखि बजारमा ल्याएको हो।

    कम्पनीले ए सिरिजको नयाँ स्मार्टफोन ‘ए९ २०२०’ र ‘ए५ २०२०’ असोज ६ गते सार्वजनिक गरेको थियो। यहाँ ‘ए९ २०२०’ को बारेमा चर्चा गरिएको छ।

    ‘ए९ २०२०’ मिडरेञ्ज अन्तर्गतको स्मार्टफोन हो। यस फोनमा सुन्दर डिजाइन गरिएको छ। भित्रिएको थोरै समयमा नै ग्राहकको रोजाईमा परेको कम्पनीले बताएको छ।

    यसमा ४ वटा क्यामेरा प्रयोग गरिएको छ। जसले गर्दा फोटोग्राफीका लागि यो फोन अत्यन्तै उपयोगी हुने देखिन्छ। साथै १६ मेगापिक्सेलको फ्रन्ट क्यामेरा जडान गरिएको छ।

    फोनमा प्रयोगकर्तालाई उत्कृष्ट क्यामेरा अनुभव प्रदान गर्ने १.८ एपर्चरका सहितको ४८एमपी लेन्स र १ सय १९ डिग्रि फिल्ड अफभ्यु दिने अल्ट्रा वाइड ८९एमपी लेन्स पनि उपलब्ध गरिएको छ। यो उपकरणले फोरके भिडियो पनि सपोर्ट गर्छ। यसमा रहेको ५ हजार एमएएचक्षमताको ब्याट्री समग्र फोनकै महत्वपूर्ण सेलिङ पोइन्टका रुपमा रहेको छ।

    फोनको साधारण प्रयोग गर्दा यसमा रहेको ब्याट्रीले मज्जाले एक दिनभन्दालामो समयसम्म टिक्छ। लामो समयसम्म गेमिङ तथा चलचित्रको मज्जालिन सकिन्छ। लगातार एचडी भिडियोको मज्जालिँदा समेत फोनको ब्याट्री आरामले ११ घण्टासम्म टिक्छ।

    मोबाइलमा डुअल सिम, मेमोरी कार्ड राख्नका लागि तीनवटा स्लट जडान गरिएको छ। साथै डुअल स्टेरियो स्पिकर्स जडान गरिएको छ।

    ओपो ए सिरिजलाई वैश्विक बजारमा उपभोक्ताहरूले अत्यधिक रूचाएका छन्।

    सन् २००९ मा पहिलो ए सिरिज मोडल ‘ए९००’ थाइल्याण्डमा सार्वजनिक गरिएदेखि नै यसको डिजाइन, फोटोग्राफी र ब्याट्री प्रविधिका लागि रूचाइएको छ।

    डिस्प्लेः ६.५ इञ्चको वारटर ड्रप स्क्रिन
    क्यामेराः ४८ मेगापिक्सेलको अल्ट्रावाइड क्यामेरा
    प्रोसेरः स्नयापड्रयागन ६६५
    ब्याट्रीः ५ हजार एमएएच
    स्टोरेजः ८जिबी प्लस १२८ जिबी
    कलरः मरिन ग्रिन र स्पेस पर्पल
    मूल्यः ३३ हजार ५ सय ९०

    प्रतिक्रिया
    सम्बन्धित समाचार