 
                            अमेरिकी दबाबका बाबजुदत बेलायतले चिनियाँ कम्पनी हुवावेलाई सिमित अनुमति दिने भएको छ। फाइभजी नेटवर्कका लागि हुवावेलाई बेलायतले अनुमति दिने भएको हो। साइबर सेक्युरिटी अधिकारीहरूले हुवावेलाई खतरापूर्ण भेन्डरका रूपमा लिनुपर्ने बताउँदै आएपनि सिमित क्षेत्रमा उसको प्रविधि प्रयोग गर्न सकिने बेलायतले खुला गरेको छ।
फाइभजी मोबाइल नेटवर्कका लागि गैरसंवेदनशील क्षेत्रमा हुवावेको पूर्वाधार प्रयोग गर्न सकिनेगरी बेलायतले निर्णय गरेको हो। राष्ट्रिय सुरक्षामा गम्भीर खतरा भएको भन्दै अमेरिकाले हुवावे विरूद्ध विश्वभर लविङ गर्दै आएको छ। बेलायतसँग पनि अमेरिकी सरकारले लगातार लविङ गरिरहेको सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।
बेलायतमा हुवावेको पूर्वाधार ३५ प्रतिशतमात्र प्रयोग हुने छ। उसले द्रुत गतिको मोबाइल नेटवर्क स्थापनाका लागि तत्काल चाहिने उपकरणमा हुवावे नै सस्तो विकल्प भएकोले सो निर्णय गरेको हो।

 
                                                     
                                                     
                                                     
                                                     
                                                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                     
                    