
एजेन्सी । च्याम्पियन्स लिग फुटबल प्रि–क्वार्टरफाइनल अन्तर्गत मंगलबार राति विभिन्न दुई खेल हुँदैछन् । खेलमा साविकको विजेता टोली लिभरपुलले एट्लेटिको मड्रिडसँग प्रतिस्पर्धा गर्दैछ । एट्लेटिकोको घरेलु मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:४५ मा सुरु हुनेछ । दुवै टोली खेलमा जित निकाल्दै पहिलो लेगमा आफूलाई बलियो बनाउने योजनामा छन् ।
आजको खेल दुवै टोलीलाई महत्त्वपूर्ण रहनेछ । साविकको विजेता टोली भएकाले लिभरपुलले आजको खेलमा जित निकाल्दै आफूलाई बलियो बनाउने योजनामा छ । उता ला लिगाको बलियो मानिने टोली एट्लेटिको पनि जित निकाल्ने योजनामा छ ।
आजकै खेलमा जर्मन क्लब बोरुसिया डर्टमण्डले फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनसँग प्रतिस्पर्धा गर्दैछ । समूह चरणको खेलमा बलियो सावित भएका दुवै टोलीलाई आजको खेलमा अफूलाई प्रमाणित गर्ने मौका पनि छ ।