ट्विटरमा फलो गर्नेलाई १ अर्ब बाँड्दै जापानी अर्बपति


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, फाल्गुन १६, २०७६

  • काठमाडौं। जापानको एक फेसन कम्पनीका मालिक युसाकु मिजावा ट्विटरमा उनलाई फलो गर्नेहरुलाई एक अर्ब नेपाली रुपैयाँ बाँड्दै छन् । उनले यसलाई सामाजिक प्रयोग बताएका छन् । यसबाट उनले मानिसहरुलाई पैसाले खुसी दिन्छ या दिँदैन भन्ने रिसर्च गर्न खोजेका हुन् ।

    उनले ट्विटमा आफ्ना फलोअर्समध्ये एक हजार मानिसलाई छान्ने र प्रत्येकलाइै जापानी येन १० लाख दिने बताएका छन् । यसका लागि उनले १ जनवरीमा ट्विट गरेका थिए । यसका लागि उनको ट्विट रिट्विट पनि गर्नु पर्ने हुन्छ ।

    यसबाट उनले मानिसको जीवनमा पैसा हुँदा कस्तो फरक देखिने रहेछ भन्ने कुरा निर्धारण गर्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार