डेस्कटपमा सेवा दिदै ह्वाट्सएप


  • फ्रन्टलाइन नेपाल
  • सोमवार, फाल्गुन १९, २०७६

  • काठमाडौं । ह्वाट्सएपमा डार्क थिमको सर्पोट बीटा फेस अब कम्प्युटरमा पनि प्रयोग गर्न सकिने भएको छ । हालसम्म सबै यूजरहरुलाई उपलब्ध हुन नसकेको यो फिचर अब डेस्कटपका प्रयोगकर्तालाई पनि उपलब्ध हुने भएको हो ।

    ह्वाट्सएप आफ्नो डेक्सटप एप र डेक्सटप भर्जन दुबैका लागि डार्क मोड फिचरमा काम गरिरहेको छ । यदि कुनै प्रयोगकर्ताले बीटा भर्जनको लागी साइनअप गरेमा उनिहरुले पनि यसलाई प्रयोग गर्न सक्ने छन्।

    कम्पनीले स्टेबल र बग फ्रि एक्सपेरियन्सको लागि यस फिचरमा काम गरिरहेको हो । ह्वाट्सएप वेब डार्क मोड एप लगभग हरेक सेक्शनमा देखिने छ । कम्पनीले डार्क थिमलाई टेक्स्ट र ईमोजी आदि भागहरुमा समेत राखेको छ। यस फिचरलाई बिकशित गरिरहेको टिमलाई हाल यूआई लाई अझ राम्रो गर्नुपर्ने आवश्यकता रहेको छ । ह्वाट्सएपको यो फिचर हाल उपलब्ध नरहे पनि भविष्यमा देख्न सकिनेछ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार