बार्सिलोनालाई लिग उपाधि हस्तान्तरण गर्ने छैनौ :लुइस रुबिलेस


  • फ्रन्टलाइन नेपाल
  • बुधबार, चैत्र ५, २०७६

  • स्पेनिस फुटबल संघका अध्यक्ष लुइस रुबिलेसले जारी सिजन पूर्णरुपमा समाप्त नभए उपाधि बार्सिलोनालाई हस्तान्तरण नगर्ने बताएका छन् ।

    उनले कोरोनाका कारण स्थगित भएको लिग पूर्णरुपमा नटुंगिए हाल अंक तालिकाको शीर्ष स्थानमा रहेको बार्सिलोनालाई उपाधि नसुम्पिने बताएका हुन् ।

    ला लिगाका २८ औं चरणदेखिका खेल गत साताबाट स्थगित भएका थिए । २७ औं चरणका खेल सकिँदा दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा दुई अंकको अग्रतासहित बार्सिलोना शीर्ष स्थानमा छ ।

    यतिबेला लिग कमिटिमा लिग स्थगित हुन पुगे उपाधि बार्सिलोनालाई दिने नदिने दुई पक्षिय मत भएको रिपोर्टमा उल्लेख गरिएको छ । यद्पि अध्यक्ष रुबिलेसले युईएफएसँगको लामो छलफलपछि उक्त निर्णय दिएका हुन् ।

    उनले अन्य ५५ युरोपियन फुटबल संघसँगको सहमति अनुसार लिग जुन ३० तारिखसम्म पुरा हुने बताए ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार