नेपाल टेलिकमका माेबाइलमा फोन गर्दा ब्याक टोनमा कोरोना रोकथामको सन्देश


  • फ्रन्टलाइन नेपाल
  • बिहिबार, चैत्र ६, २०७६

  • काठमाण्डौ । नेपाल टेलिकमले रिङ्ग–ब्याक टोनमा कोरोना भाइरस (काेभिड–१९) रोकथामको सन्देश बजाउन थालेको छ । नेपाल टेलिकमका प्रिपेड, पोस्ट पेड र ल्याण्डलाइनमा फोन गर्दा कोरोना भाइरसको लक्षण, रोकथाम र पूर्वतयारीबारे जानकारी सुन्न सकिन्छ ।  सामाजिक उत्तरदायित्व अनुसार कोरोनाको सङ्क्रमणबाट बच्न रिङ्ग–ब्याक टोनमार्फत जनचेतना फैलाइएको टेलिकमले जनाएको छ ।  याे सन्देश सुन्नका लागि ३२१०० मा निःशुल्क फाेन गर्न सकिन्छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार