सबैभन्दा धेरै रेन्जभएको सीजीका एयर कुलरहरू


  • फ्रन्टलाइन नेपाल
  • शुक्रबार, चैत्र ७, २०७६

  • इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले यो गर्मी महिनालाई लक्षित गरी विभिन्न किसिमका आकर्षक एवं गुणस्तरीय कुलरहरू नेपाली बजारमा ल्याएको जनाएको छ । सीजीले यी कुलरहरू विभिन्न प्रकार र साइजहरूमा उपलब्ध गराएको छ । जसमा डेजर्ट कुलर, पर्सनल कुलर, विन्डो कुलर र टावर कुलर छन् । हेर्दा निकैनै आकर्षक देखिने यी कुलरहरूमा अनेकौं विशेषताहरू पनि रहेका छन् ।

    ती विशेषताहरूमा कन्सिड कपर मोटर, आल्मुनियम ब्लेड, ठूलो पानीको ट्यांकी, हनिकम्ब प्याड, पावरफुल मोटर, मल्टी डाइमेन्सनल एयरफ्लो, कास्टोर मोविलिटी, आइस च्याम्बर, डस्ट फिल्टर नेट, कार्वन फिल्टर, भिटामिन सी फिल्टर, इनर्जी सेभिङ र इको फ्रेन्डली रहेको भन्दै कम्पनीले यी कुलरहरू प्रयोगकर्ताले सजिलैसँग चलाउन रिमोट पनि उपलब्ध गराएको जनायो । सबैभन्दा धेरै रेन्जभएको यी कुलरहरू अब तपाईंहरूले छानीछानी आफ्नो आवश्यताअनुसार सजिलै खरिद गर्न सक्ने भन्दै सीजीले यी कुलरहरूमा १२ महिनाको वारेन्टी उपलब्ध गराएको कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार