कपडा तथा सिलाइ व्यवसायी महासंघद्वारा मास्क,सेनेटाइजर,साबुन तथा खाद्यान्न बितरण


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, चैत्र ११, २०७६

  • काठमाडौं । ८ चैत । गोंगबुस्थित मानव सेवा आश्रममा नेपाल कपडा तथा सिलाइ व्यवसायी महासंघले मास्क, सेनिटाइजर, साबुन, तेल तथा खाद्यान्न बितरण गरेको छ ।

    विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसबाट सुरक्षित हुने उपायको बारेमा सचेतना जगाउदै  मानव सेवा आश्रममा सामानहरु हस्तान्तरण गरिएको थियो । वृद्धवृद्धाहरुलाई सेनिटाइजर लगाउने तरीका सिकाउदै मास्क वितरण गरिएको थियो ।

    उक्त कार्यक्रममा महासंघका अध्यक्ष रामकृष्ण श्रेष्ठ ,केन्द्रीय सदस्य तथा बाग्मती प्रदेश सचिब राज कार्की, केन्द्रीय सदस्य रामप्यारा छिनाल, प्रदेश सदस्य बिनोद छिनाल, युवा व्यवसायीहरु कमल कार्की र भक्त नेपालीको उपस्थिति रहेकोे थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार