अनिशा न्यौपाने
यहाँ आशा बोकेर दिनरात नभनी भारी बोक्नेहरु,
खुसी खोज्दा अनायासै आँसु पीउन बाध्यहरु,
समयदेखि हार खाइ तर्सिएका छ्न,
नाजुक स्थितिदेखि हार खाइ विरक्तिएका छन,
टाढिएर आमाको काख खोजीरहेका ती सन्तानहरु
सन्तान सुम्सुम्याउन नपाएका ति हातहरु
निरास अनि बिरक्तिएका ती युवाहरू
उजाडिएका सिउदो र खोसिएका अधिकारहरु
विदेशीनु रहर नभई बाध्यता हुन गयो
नेतृत्वलाइ विस्वास गर्नु गल्ती हुन पुग्यो
नेतृत्वगण कहिले सोच्छौ हाम्रो बारेमा ?
कहिलेसम्म भागिदार हुने तिम्रा झुटमा
सुनौला सपना देखेका ति युवाहरु
उज्यालो भबिस्य कल्पना गरेका ती अबलाहरु
आज हेर्दै छन् ति झुठका पुलिन्दाहरुलाइ
आज हेर्दै छ्न् ती भ्रमका खेतिहरुलाइ