नेकपा नेता माधब नेपालको सुरक्षामा खटिएका ९ सुरक्षाकर्मीमा कोरोना संक्रमण पुष्टि


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ ६, २०७७

  • काठमाडौं, ५ भदौ । पूर्व प्रधानमन्त्री माधबकुमार नेपालका पिएसओसहित उनका ९ जना सुरक्षाकर्मीमा कोरोना पोजेटिभ देखिएको छ । स्रोतका अनुसार उनीहरुमा शुक्रबार कोरोना पुष्टि भएको हो ।

    पीएसओ र पछुवा गाडीको चालकसहित सशस्त्र प्रहरीका ९ जनामा कोरोना पुष्टि भएको हो । नेता नेपाल र उनको परिवारका सदस्यहरुको रिपोर्ट भने नेगेटिभ आएको छ । गत बिहीबार उनीहरुको स्वाब संकलन गरिएको थियो । स्वाब परीक्षण रिपोर्ट शुक्रबार राति आएको थियो । संक्रमित सबैलाई आइसोलेसनमा पठाइ सकिएको छ ।

    यसअघि नेकपाका अध्यक्ष पुष्पकमल दाहालको निवासको बाहिरी घेरामा पहरा दिने ६ सुरक्षाकर्मीमा पनि कोरोना पुष्टि भएको थियो ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट