‘मिर्मिरे…’ लिएर गायिका सन्ध्या जोशी (भिडियो सहित)


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, असार ९, २०७५

  • काठमाडौं, असार ९-पछिल्लो समय गायिका सन्ध्या जोशीको चर्चा चुलिदै गएको छ । एक पछि अर्को गर्दै उनका गीतहरु सार्बजनिक भईरहेका छन् । मुलुककै चर्चित रियालिटी शो नेपाल आइडलमा उत्कृष्ट नौमा पुग्न सफल गायिका सन्ध्याले यतिखेर ‘मिर्मिरे…’ बोलको नयाँ गीत सार्बजनिक गरेकी छिन् ।

    यस गीतमा प्रशन्न घिमिरेको शब्द तथा मनोज थापा मगरको संगीत रहेको छ । गायिका सन्ध्याले यसअघि २ वटा गीत सार्वजनिक गरिसकेकी छिन् ।

    मिर्मिरे गीतको भिडियोमा गायिका सन्ध्यासँगै भिजे तथा मोडल सुदित श्रेष्ठले अभिनय गरेका छन् । पोखरामा छायांकन गरिएको यस भिडियोलाई मोडल सुदितले निर्देशन गरेका हुन् । यो गीत सन्ध्याले आफ्नै युट्युब च्यानल ‘सन्ध्या जोशी’ मार्फत सार्बजनिक गरेकी हुन् ।

    भिडियो 

    भिडियो 

     

     

     

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार