काठमाडौं उपत्यकामा एकैदिन थपिए २ सय ३२ कोरोना संक्रमित


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, भदौ ९, २०७७

  • काठमाडौं उपत्यकामा थप २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा उपत्यकाभित्र २ सय ३२ जनामा कोरोना भाइरसको संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा। डा जागेश्वर गौतमले जानकारी दिए।

    मंगलबार थपिएका संक्रमितहरू काठमाडौंका एक सय ९९ जना, ललितपुरका १९ जना र भक्तपुरका १४ जना छन् । उनीहरूको काठमाडौंस्थित विभिन्न प्रयोगशालामा परीक्षण गरिएको हो।

    सोमबार मात्रै काठमाडौं उपत्यकामा दुई सय २४ जनामा कोरोना भाइरसको संक्रमण देखिएकको थियो।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार
    ताजा अपडेट