रुबि मैनाली
भित्र मन रोए पनि बाहिर हाँसे झैं
बित्छन् मेरा दिनहरु सधैँ निरास भै
सहारा मागु त कोहि सहारा नै छैन
पग्लि गयो जीवन मेरो पग्ले सरी मैन
एकबाट अनेक हुन्छ पीडाहरु झन्
बहिर खिस्स हाँसे पनि भित्र रुन्छ मन
अजम्बरी संसारमा हेराई थरीथरी
सपना त धेरै थिए मेरो मनैभरी
ओइलिएको फूलसरी झरी गयो सबै
वरिपरी बैरी मिली गरिरहे रजाईं
दिउसो बादल बिना उडें, बिहानीमा शित
यस्तै रैछ यो संसारको बदलिदो रित
प्रतिक्रिया
सम्बन्धित समाचार