प्रदेश ५ मा १७७ कृषि प्राविधिकलाई जागिरको अवसर


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, भदौ २७, २०७७

  • काठमाडौं, २७ भदौ । कृषि प्राविधिकका लागि प्रदेश नं. ५ मा १७७ जना नयाा जागिर खुलेको छ । प्रदेश ५ अन्तर्गतका हरेक १०९ वटा स्थानीय तहमा एक जना कृषि प्राविधिक नियुक्ति गर्न लागिएको हो ।

    प्रदेश ५ अन्तरगतको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले सिर्जना गरेको अस्थायी दरवन्दी र रिक्त स्थानमा समेत थप ६८ जना कृषि कर्मचारी भर्ना गर्ने तयारी भईरहेको छ ।

    कर्मचारीको छनोट अन्तर्वार्ताका माध्यमबाट गरिने छ । जसका लागि शैक्षिक प्रमाणपत्रलाई भने मुख्य आधार मानिने मन्त्रालयले जनाएको छ । शैक्षिक प्रमाणपत्रलाइ ५० प्रतिशत अंकभार दिएर प्रतिस्पर्धीको मूल्यांकन गरिने जनाईएको छ ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार