रुबी मैनाली
मलाइ मनै नपर्ने उसले दाह्री पालेको
लास्टै हेर्ने रहर थियो उसले दाह्री फालेको
त्यही दाह्रीकै निहुँमा दिनकै हुने झगडा
झगडा गर्न पनि मभन्दा उ तगडा
भेटैपिच्छे त्यही दाह्रीको बयानले म वाक्क
कहिलेकाहीं त रिसले हान्दिन्थे म प्वाक्क
कति भनु ए कान्छा हल्का मात्र पाल भनी
अचेल प्यारो लाग्छ अरे उसलाइ मेरो गाली पनि
सक्दिन जस्तो लाग्यो अब उसलाइ मनाउन
मैले पनि सुरु गरें एउटा प्लान बनाउन
मनमा साह्रै डर थियो, रिसाउछ कि भनी
रिसाए पनि फकाउन कम थिइन म पनि
बल्लतल्ल मनाएर एकदिन घुमाउन लिएर गाको
देखिहाले पल्लो छेउमा एउटा झिल्के हास्दै आको
हल्का दारी कालो चश्मा हिरो रहेछ मान्छे पनि
आँखा मारिदिए मैले पनि कालेको मन दुखोस् भनी
अचानक रिसाइ हाल्यो देखेर पारा मेरो
भन्न थाल्यो भेट्दिन अब लाग्दैन माया तेरो
मन खिन्न बनाउदै लागें म घरतिर
आफ्नै हालत देखेर लाग्न थाल्यो पिर
बिहानै घण्टी बज्यो गेटतिर लम्की हेरें
कुदेर तल गए अनि लामो सास फेरें
जे सोचेथें त्यही पाउँदा एकछिन म छक्क परें
तिमीलाई सरप्राइज दिन म कल नगरी आएको अरे ।