रेजिनाले चुमिन् ‘मिस नेपाल एसईई २०२०’ को ताज


  • फ्रन्टलाइन नेपाल
  • मङ्लबार, कार्तिक १८, २०७७

  • अभ्यानी प्रोडक्सनले आयोजना गरेको मिस नेपाल एसईई २०२० को उपाधि रेजिना लिम्बूले हात पारेकी छिन् । गत आइतबार सम्पदा गार्डेन रिसोर्ट, काठमाडौमा आयोजित यस प्रतियोगीतामा फस्र्ट रनरअप सिल्भिया केसी बनिन् र सेकेन्ड रनरअपको उपाधि सुबिका पौडेल विजेता बनेकी छिन् । कोभिड १९ को बीचमा विभिन्न सुरक्षा सावधानी अपनाउँदै १० दिने रेसिडेन्सियल कार्यक्रम सम्पन्न भएको थियो । प्रोभिन्सतर्फको उपाधि भने प्रोभिन्स ३ मा महिमा महतो, प्रोभिन्स १ को उपाधि रोमी राई र प्रोभिन्स ५ को उपाधि बिमिका थापा मगरले जितिन् ।

    मिस नेपाल एसईई २०२० को उपाधि जितेका विजेताहरुले उच्च शिक्षाको लागि छात्रवृत्ति, ट्रफी, क्राउन, गिफ्ट ह्याम्परका साथै विभिन्न पुरस्कारहरु हात पारे । विजेताले फिलिपिन्समा हुने अन्तर्राष्ट्रिय सौन्दर्य प्रतियोगिता मिस टिन टुरिज्ममा प्रतिनिधित्व गर्ने छिन् । त्यसैगरी मिस पपुलरको उपाधि महिमा महतो, ब्युटि विथ पर्पाेस् सायक्सा सुनुवार तथा फेसन आइकनको उपाधि सायना पन्थी, मिस ट्यालेन्ट प्रेरना थापा मगर, मिस भ्युअर्स च्वाइस् सन्ध्या अधिकारी, मिस फोटोजेनिक इमरन श्रेष्ठ, मिस पर्सनालिटी रुविसा सिंह, बेस्ट वाल्क प्रिया क्षेत्री, मिस एक्याटिभ सिखा आचार्य, मिस फ्रेन्डसिप प्रनिका राउतले हात पारिन् ।

    एसईई उत्तीर्ण किशार किशोरीहरुको क्षमता अभिवृद्धि गर्न यो प्रतियोगिता आयोजना गरिएको र एक महिनासम्म अनलाइन र १० दिनसम्म रेसिडेन्टियलरूपमा व्यक्तित्व विकास र आत्मविश्वास बढाउन विभिन्न कक्षा सन्चालन गराइएको कुरा इभेन्ट कोरियोग्राफर पवन आचार्यले जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि राप्रपा पुर्व प्रवक्ता तथा उच्चस्तरिय कार्य सम्पादन समिति सदस्य गोविन्दराज खनिया हुनुहुन्थ्यो भने निर्णायकको भुमिकामा फेसन केरियोग्राफर, मोडल तथा नायक मिस्टर मोडल अफ द वल्र्ड दिक्पाल कार्की, मोटिभेनसनल स्पिकर रोहित मल्ल र मिस नेपाल एसईई तथा मोडल पायल गुरुङ रहेका थिए । कोरियोग्राफरका रुपमा पवन आचार्य, कार्यक्रम प्रस्तोता भूमिकामा प्रोजेक्ट डाइरेक्टर अनिकेत अधिकारी रहेका थिए । कार्यक्रमको मुख्य व्यवस्थापन सिमोन पण्डित गरेकी थिइन् ।

    प्रतियोगीको मुख्य सहयोगी संस्था एस्. पि. एम कृयशन, चाँदवाग स्कुल, आरोग्य नेपाल, सिम्पान, गो प्रिटि नेपाल, द सेलिव्रिटि टाइम्स, ग्लोबल अनलाइन पे, थ्रि एम, ग्रेस इन्टरनेसनल थिए भने ड्रेस डिजाइनरको भूमिकामा सिमोन पण्डित रहेकी थिइन् । कार्यक्रमको अध्यक्षता अभ्यानी प्रोडक्सनका सिइओ अभिविन्द खनियाले गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार