ह्वाइटहाउसमा बाइडेनको पहिलो दिन, १५ निर्णय


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १०, २०७७

  • एजेन्सी । जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको पद सम्हालेपछि केहि नयाँ निर्णयहरु गरेका छन् । बुधबार क्यापिटल हिलमा आयोजित शपथग्रहण कार्यक्रमपछि बाइडेन ह्वाइटहाउस पुगे । उनले विभिन्न १५ वटा निर्णयमा हस्ताक्षर गरेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएका छन् ।

    ट्रम्पका केही निर्णय बाइडेनले उल्टाई दिएका छन् । जलवायु परिवर्तन तथा छिमेकी राष्ट्रसँगको सिमानाका विषयमा बाइडेन लचिलो छन् । जलवायु संकट तथा आप्रवासनसम्बन्धी ट्रम्प प्रशासनको नीति उनले परिवर्तन गर्ने संकेत दिएका छन् । राष्ट्रपति भएको सात दिनभित्र अमेरिकाको हितका लागि सात निर्णय गर्ने बाइडेनले बताएका छन् ।

    ह्वाइटहाउसमा कोरोना रोकथाम कार्यालय स्थापना
    राष्ट्रपतिमा निर्वाचित भएपछि बाइडेनले कोरोना भाइरस रोकथाम गर्न उनले पहल गरेका छन् । उनले कोरोनासँग लड्न सरकारबाट सबै किसिमको सहयोग प्राप्त हुने विश्वास दिलाएका छन् ।

    बाइडेनले अनिवार्य रूपमा ह्वाइटहाउसका कर्मचारीलाई मास्क लगाउन र भौतिक दूरी कायम राखी काम गर्न निर्देशन दिएका छन् । कोरोना रोकथामका लागि ह्वाइटहाउसमा अब अलग कार्यालय स्थापना हुनेछ । यसैबीच सरुवा रोग विशेषज्ञ डाक्टर एन्टोनी फाउचीको एक टोली छिट्टै विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) को कार्यकारी बैठकमा सहभागी हुने भएको छ ।

    अमेरिका र डब्ल्युएचओबीचको सम्बन्ध सुधार गर्न हेतु बैठक राख्न लागेको बिबिसीको भनाइ छ । कोरोना महामारीका रूपमा फैलादा ट्रम्प र डब्ल्युएचओबीचको सम्बन्ध बिग्रेको थियो । ट्रम्पले डब्ल्युएचओसँग नाता तोडेका थिए । बैठकमा अमेरिका र डब्ल्युएचओबीच पुन: सहकार्य र कोरोनाविरुद्ध लड्ने रणनीतिमाथि छलफल हुनेछ ।

    पाइपलाइन सम्झौता फिर्ता
    ट्रम्पले गरेको विवादास्पद क्रिस्टोन एक्सएल पाइपलाइन सम्झौता बाइडेनले रद्द गरेका छन् । सन् २०१९ मा ट्रम्पले क्यानडासाग मिलेर १९ सय किलोमिटर लामो तेलको पाइपलाइन बनाउने सम्झौता गरेका थिए ।

    त्यसवेला अमेरिकी पर्यावरणविद्हरूले सम्झौताको विरोध गरेका थिए । पाइपलाइनबाट पर्यावरणमा धेरै नोक्सानी हुने पर्यावरणविद्हरूको भनाइ छ । यो ‘प्रोजेक्ट’ को लागत आठ अर्ब डलर थियो । यसैबीच बाइडेनका प्रेससचिव जेन साकीले ह्वाइसहाउसले पहिलोपटक क्यानेडियन प्रधानमन्त्री जस्टिनसाग वार्ता गर्ने जानकारी दिएका छन् ।

    हट्यो १३ राष्ट्रमाथिको यात्रा प्रतिबन्ध
    ट्रम्पले यसअघि विभिन्न १३ अफ्रिकी राष्ट्रमाथि अमेरिका–यात्रामा प्रतिबन्ध लगाएका थिए । बाइडेनले यो निर्णय उल्टाएका छन् । होमल्यान्ड सुरक्षा तथा अमेरिकी अट्रोनी जनरललाई अमेरिका आइपुगेका बालबालिकाको रक्षा गर्न बाइडेनले निर्देशन दिएका छन् । ‘भविष्यमा अमेरिकाको विकासमा योगदान गर्न सक्ने भएकाले निर्वासित बालबालिकाहरूलाई अमेरिकाको नागरिकता दिनुपर्छ ।’ बाइडेनले भनेका छन् ।

    यस्ता छन् मुख्य निर्णयहरू
    ट्रम्प प्रशासनले मुस्लिम राष्ट्र इराक, इरान, लिबिया, सोमालिया, सुडान, सिरिया तथा यमनमाथि प्रतिबन्ध लगाएका थिए । बाइडेनले उक्त प्रतिबन्ध हटाएका छन् । आफ्नो कार्यकालको पहिलो सातामै ट्रम्पले सन् २०१७ मा ती राष्ट्रमाथि प्रतिबन्ध लगाएका थिए । यो मुद्दा सर्वोच्च अदालतसम्म पुगेको थियो । सन् २०१८ मा अदालतले ट्रम्पको निर्णयलाई यथावत् नै राख्यो ।

    बाइडेनले डब्ल्युएचओसंग नाता गाँस्न पुन: एकपटक सदस्य बन्ने बताएका छन् । गत वर्ष ट्रम्पले डब्ल्युएचओसंगको सम्बन्ध नरहेको घोषणा गरेका थिए । राष्ट्रपति बनेको पहिलो दिनमै बाइडेनले डब्ल्युएचओलाई अमेरिका भित्र्याउने बताएका छन् । अमेरिका पुन: एकपटक पेरिसमा भएको जलवायु परिवर्तनसम्बन्धी सम्झौतामा समावेश हुनेछ । सन् २०१९ मा ट्रम्प यो सम्झौताभन्दा बाहिर जाने घोषणा गरेका थिए ।

    मेक्सिकोको सिमानामा बनिरहेको पर्खाल निर्माण योजनाको बजेट बाइडेनले रोक्का गरेका छन् । मेक्सिकोबाट सहजै अमेरिका प्रवेश गर्न सक्ने भएपछि ट्रम्पले पर्खाल लगाउने घोषणा गरेका थिए ।

     

    प्रतिक्रिया
    सम्बन्धित समाचार