नेदरल्याण्डस्को इरासमस युनिभर्सिटी इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा स्वाती थापा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, माघ १०, २०७७

  • नेदरल्याण्डस्स् । १० माघ । नेदरल्याण्डस्को इरासमस युनिभर्सिटी अन्तर्गत इन्टरनेशनल एलमुनाइ बोर्डको उपाध्यक्षमा नेपालकी स्वाती थापा चयन भएकी छिन् । थापा प्रतिमान नीमा स्मृति प्रतिष्ठानकी कार्यकारी निर्देशक तथा कार्यसमिति सदस्य समेत हुन् । उनलाई आगामी दुई वर्षको कार्यकालका लागि युनिभर्सिटीले एल्मुनाइ बोर्डको उपाध्यक्षमा नियुक्त गरेको हो ।

    विश्वका १ सय ४३ मुलुकका १० हजार बढी विभिन्न समुदायका शहरी क्षेत्रका विज्ञहरु आबद्ध रहेको नेदरल्याण्ड्सको विश्वविद्यालय अन्तर्गत एल्मुनाइ बोर्डको उपाध्यक्षमा थापालाई नियुक्त गरिएको हो । यस युनिभर्सिटीले पीएचडी, मास्टर्स लगायत अन्य शैक्षिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सन् १९५८ मा स्थापित यस युनिभर्सिटीले शहरी योजना, पूर्वाधार तथा हरियाली शहर, शहरी तथा आर्थिक विकास, शहरी वातावरण तथा जलवायु परिवर्तन सम्बन्धि विषयलाई विशेष प्राथमिकता दिदै आएको छ ।

    अब नेदरल्याण्डस् र नेपालबीच शिक्षाका क्षेत्रमा विभिन्न तहमा कार्यक्रम सञ्चालन गर्न सहज हुनेछ । नवनियुक्त उपाध्यक्ष थापाले खुसी व्यक्त गर्दै भनिन् विश्वविद्यालयबाट अध्ययन पूरा गरिसकेका थुप्रै नेपाली तथा अन्य मुलुकका भुतपूर्व विद्यार्थीहरुको सहयोगमा विविध रचनात्मक कार्य गरिने छ । त्रिभुवन विश्वविद्यालयबाट द्वन्द्व, शान्ति र विकासमा स्नातकोत्तर स्तरको अध्ययन पूरा गरेकी थापाले इरासमस युनिभर्सिटीबाट शहरी विकास तथा व्यवस्थापनमा एम.एस.सी गरेकी छिन् । थापा त्रिभुवन विश्वविद्यालयबाट एमफिल इन् पब्लिक एड्मिनिस्ट्रेसन समेत हुन् ।

    थापा राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यसमिति सदस्य तथा लुम्बिनी विश्वविद्यालय अन्तर्गत डेभ्लपमेन्ट स्टडिज एण्ड एप्लाइड् साइन्सेजको सदस्य समेत हुन् । एल्मुनाइ बोर्डको अध्यक्षमा ओलेक्सजेन, अनलाइन कम्युनिकेशन रेस्पनसिबलमा हाना र ग्लोबल नेटवर्क बिल्डरमा धु्रब नियुक्त भएका छन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार