तयारी पोशाक उत्पादकलाई मेगा बैंकको आकर्षक कर्जा


  • फ्रन्टलाइन नेपाल
  • शनिबार, फाल्गुन २९, २०७७

  • काठमाडौ । २९ फागुन । मेगा बैंक नेपाल लिमिटेडले नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आकर्षक कर्जा सुविधा दिने भएको छ ।

    मेगा बैंक र नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघबीच भएको सम्झौता अनुसार, मेगा बैंकले संघमा आबद्ध सबै ब्यवसायीहरुलाई आकर्षक ब्याजदरमा ऋण सुविधा दिने सहमति भएको हो । मेगा बैंकले नेपाल राष्ट्र बैंकको सहुलियतपूर्ण कर्जाका लागि ब्याज अनुदान सम्बन्धी कार्यविधि तथा बैंकको कर्जा नीति बमोजिम ब्यबसाय संचालनका लागि आवश्यक अन्य कर्जा पनि उपलब्ध गराउने भएको छ ।

    यो सम्झौतापछि नेपाल स्थानीय तयारी पोशाक उत्पादक संघमा आबद्ध व्यवसायीहरुलाई आफ्नो व्यावसाय प्रबद्र्धन गर्न मद्दत मिल्ने मेगा बैंकले विश्वास लिएको छ ।

    मेगा बैंकका २ सय ४ वटै शाखा कार्यालयमार्फत व्यवसायीहरुले यो कर्जा सुविधा लिन सक्नेछन् ।

    प्रतिक्रिया
    सम्बन्धित समाचार